१८ वैशाख २०८३, शुक्रवार

वैदेशिक रोजगार अधिकार तथा उद्धार संघ–नेपाल को नयाँ कार्यसमिति चयन

प्रोफाईल खबर १८ वैशाख २०८३, शुक्रवार

News Summary

This Summary is Generated by AI & Editorially reviewed.

  • वैदेशिक रोजगार अधिकार तथा उद्धार संघ–नेपालले कैलाश कुमार सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
  • नवनिर्वाचित समितिले वैदेशिक रोजगारीमा रहेका श्रमिकको हकहित संरक्षण तथा सुरक्षित रोजगारीका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ।

काठमाडौं । वैदेशिक रोजगारका क्षेत्रमा श्रमिकहरूको अधिकार संरक्षण, उद्धार तथा सुरक्षित रोजगारीका लागि सक्रिय संस्था वैदेशिक रोजगार अधिकार तथा उद्धार संघ–नेपाल ले नयाँ कार्यसमिति चयन गरेको छ। हालै सम्पन्न बैठकले कैलाश कुमार सिंहको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा खड्ग बोहरा, सचिवमा चन्दन विक्रम चन्द र कोषाध्यक्षमा लक्ष्मण भण्डारी चयन भएका छन्। सदस्यहरूमा कुमारी लुना भण्डारी कार्की, जानुकी श्रेष्ठ, मुना थापा, एकमाया भण्डारी र गंगा कुमारी मल्ल रहेका छन्।

संस्थाले वैदेशिक रोजगारीका क्रममा ठगी, शोषण तथा समस्यामा परेका नेपाली श्रमिकहरूको उद्धार, परामर्श र कानुनी सहयोग गर्दै आएको जनाएको छ। साथै, स्वदेशमै स्वरोजगार सिर्जना गर्न तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने र विदेशबाट फर्किएका श्रमिकहरूको पुनःस्थापनामा सहयोग गर्ने लक्ष्य लिएको छ।

बैठकले कार्यालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक सामग्री खरिद गरी कार्यालय सञ्चालनलाई व्यवस्थित गर्ने निर्णय पनि गरेको छ।

नवनिर्वाचित कार्यसमितिले आगामी दिनमा सुरक्षित वैदेशिक रोजगारको प्रवर्द्धन तथा श्रमिकहरूको हकहित र अधिकार संरक्षणमा थप सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाएको छ।

 

 

लेखकको बारेमा

प्रोफाईल खबर

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट